मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं / उत्तर प्रदेश-११ लाई १४ रनले हराउँदै मलेसिया-११ नेपाल प्रो क्लव च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बिहिवार भएको पहिलो सेमिफाइनल वर्षाका  कारण प्रभावित हुँदा ५ ओभरमा झारिएको थियो ।

भैरहवाको सिदार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया-११  ले तीन विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।
ओपनर बिरन्दिप सिंहले अविजित २० रन बनाए भने अर्का ओपनर सेइल अजिजले २३ रन बनाए ।

बलिङमा उत्तर प्रदेश -११ का राज यादवले तीनै विकेट लिए ।

जवाफमा उत्तर प्रदेश-११ ले पाँच ओभरमा चार विकेट गुमाउँदा ३० रनमा रोकियो ।

उसका शुभंम चौधरीले सर्वाधिक  ११ तथा राज यादवले ६ रन बनाए ।

बलिङमा मलेसिया-११ का  बिरन्दिप सिंहले दुई विकेट लिए ।

कमेन्टहरु
Loading...