गन्थन संवाददाता, पोखरा । आउँदो बैशाख ३० गते स्थानीय चुनावको मिति घोषणा भएसँगै उम्मेदवारका आकांक्षीहरुको चर्चा चल्न थालेको छ । नेपालकै ठुलो महानगरपालिका पोखरा महानगरपालिकाको मेयरमा पनि को आउलान भन्ने विषयमा धेरैको चासोको विषय बनेको छ ।
नेकपा एमालेमा पनि महानगरको धेरैले प्रमुख र उपप्रमुखमा आकांक्षा व्यक्त गरेका छन् । आज बसेको एमाले महानगर कमिटीको बैठकमा प्रमुखका लागि १२ जना र उपप्रमुखका लागि ११ जनाले नाम दर्ता गराएका छन् ।
कमिटीको बैठकमा प्रमुखको आकांक्षा व्यक्त गर्दै दर्शन लामा, पुष्पज्योती ढुङ्गाना, पुष्पराज अधिकारी, दिपक पौडेल, बालासिंघ काउछा मगर, सावित्री भण्डारी, मिना कुमारी गुरुङ, भिमबहादुर कार्की, रश्मी आचार्य, प्राडा विश्वकल्याण पराजुली, कृष्ण बहादुर थापा र राजिब पहारीले कमिटीको बैठकमा नाम दर्ता गराएका छन् ।
त्यस्तै महागनरको उपप्रमुखमा बैनबहादुर अधिकारी क्षेत्री, शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुङ्गाना, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, संजिब बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जिवनप्रसाद आचार्य, बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले आकांक्षा व्यक्त गरेका छन् ।
अहिलेकी उपप्रमुख मञ्जुदेवीको प्रमुखमा चर्चा चले पनि आकांक्षा व्यक्त गरिनन् ।
त्यसैगरि कास्कीको रुपा गाउँपालिकामा प्रमुखमा नबराज ओझा र उपप्रमुखमा लालसुबा गुरुङले नै दोहोराउने सिफारिस बैठकले गरेको छ ।