२०औं संस्करणका खुला प्याराग्लाइडिङ प्रतियोगिता आजदेखि पोखरामा शुरु

राजु गिरी, पोखरा । नेपाल हवाई खेलकुद संस्थाकाे आयोजनामा २०औं संस्करणको खुला प्याराग्लाइडिङ च्याम्पियनसिप (एकुरेन्सी प्रतियोगिता) आजबाट पोखरामा शुरु भएको छ । प्याराग्लाइडिङ खेलाडीको क्षमता अभिवृद्धि गर्न चैत्र २५ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता सोलो र टेण्डम गरि दुई विधामा हुनेछ । सोलो तर्फ ३२ जना पुरुष र ८ जना महिलाहरु सहभागिता जनाएका छन् भने टेण्डम तफै ३३ जना पुरुष गरि ७३ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
उदघाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद राजिब पहारीले कोभिडबाट मुर्छित पर्यटनलाई चलयमान गराउन प्याराग्लाइडिङले ठुलो भुमिका खेलेको भन्दै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे । त्यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपि बहादुर भट्टराईले पर्यटन प्रवद्र्धन र प्रतियोगितालाई निरन्तरता दिएकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे ।

त्यसैगरि प्रतियोगिताका संयोजक बलराम आचार्यले प्रतियोगिताले खेलाडीको सिप र दक्षतामा निखारता ल्याउने विश्वास व्यक्त गरे । प्रतियोगितालाई साथ दिने सबै संघ संस्थाहरुलाई संस्थाका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष भण्डारीका अनुसार पुरस्कार सोलो ओभरअलतर्फ प्रथम, द्धितिय र तृत्तियलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैया, महिला सोलोतर्फ क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैया, टेण्डम पुरुषतर्फ क्रमश ३० हजार, २० हजार र १० हजार रुपैया रहेको छ । त्यसैगरि कस्टम फ्लाइट तर्फको उत्कृष्टलाई १० हजार र एक्रोबेटिकतर्फ क्रमशः प्रथम, द्धितिय र तृत्तियलाई १५ हजार, १० हजार र ५ हजार रुपैया प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सांसद राजिब पहारीले प्याराग्लाइडिङ पाइलट शिब थापालाई ब्याग हस्तान्तरण गरि भएको थियो ।

 

 

 

कमेन्टहरु
Loading...