सिद्धार्थ टोल विकास संस्थाको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

पोखराको रामकृष्ण टोलमा रहेको सिद्धार्थ टोल विकास संस्थाले निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ । सस्थाले स्तन,पाठेघर तथा मधुमेह परिक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । सिद्धार्थ टोल विकास संस्था आयोजना तथा गोपालजी मन्दिर सेवा समितीको सह आयोजनामा भएको स्वास्थ्य परिक्षण कार्यक्रममा ११५  जनाले स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा महानगर पालीका वडा ४ का वडा अध्यक्ष शंकर बास्तोलाले टोल विकास संस्थाले टोलको बिकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै टोलका हरेक समस्यामा वडा सरकार सधै साथमा रहेको बताए ।

                                                 (कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सिमा कोइराला )

मनिपाल शिक्षण अस्पतालकी स्त्री रोग बिषेशज्ञ डा. अन्जली सुबेदीले महिलाहरु पाठेघर र स्तन क्यान्सर बाट पिडीत भएकोले स्वास्थ्यलाइ ख्याल गर्न आग्रह गरिन् । पोखरा विश्वविद्यालयका उप प्राध्यापक पुजा भन्डारी सुबेदीले विगतमा महिलाहरुले कडा मेहनतका कामहरु गर्दा पाठेघरमा समस्या भएको भन्दै महिलाहरु अस्पताल जान अझै पनि हिचकिचाउने भएको कारण समयमानै उपचार गराउन जनचेतनाको आबश्यक रहेको बताइन् ।

 

  (निशुल्क स्वास्थ्य परिक्षण )

२०६० सालमा स्थापना भएको टोल विकास संस्थाले बिभिन्न सामाजिक कामहरु गर्र्दै आइरहेको र आगामी दिनमा समेत टोललाइ हरेक हिसाबले उत्कृष्ट बनाउदै लैजाने टोल विकास संस्थाकी अध्यक्ष सिमा कोइरालाले जानाकारी दिइन् । सिद्धार्थ टोल विकास संस्थाकी संस्थापक अध्यक्ष आस माया खड्का, मिडसन कास्कीकी संयोजक निलम महर्जन, गोपालजी मन्दिर सेवा समितीका अध्यक्ष बसन्त लिगल लगाएतले महिला स्वास्थको बारेमा बोलेका थिए ।

                                                                                                  (निशुल्क स्वास्थ्य परिक्षण )

निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा मिडसन कास्कीले प्राबिधिक सहयोग गरेको थियो । सिद्धार्थ टोल विकास संस्थाकी अध्यक्ष सिमा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाकी सचिव कल्पना भन्डारीले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...