युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

एजेन्सी । रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी  युद्धविराम घोषणा गरेको छ । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

रुसको स्थानीय  समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् ।

कमेन्टहरु
Loading...