युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा

(फाइल तस्विर)

एजेन्सी । युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ ।

रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ ।

आगलागीले प्लान्टमा कुनै नोक्सानी नगरेको बताइएको छ ।

युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई सुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन । पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको थियो ।

घटनामा कोही पनि हताहता नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ ।

आगलागी भएपछि युक्रेनका राष्ट्रपति वोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए ।

कमेन्टहरु
Loading...