सुन ताेलाको ९७ हजार पुग्याे

काठमाडौँ / नेपाली बजारमा सुनकाे भाउ मंगलबार तोलमा आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी ताेलाकाे एक हजार तीन सय १५ रुपैयाँ निर्धारण भएको छ ।

कमेन्टहरु
Loading...