कास्कीमा आज २२७ जनामा संक्रमण (गण्डकीका कुन जिल्लामा कतिसहित)

गन्थन संवाददाता, पोखरा । कास्की जिल्लामा आज (शनिबार) २ सय २७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जसमा ११३ जना पुरुष र ११४ जना महिला रहेका छन् ।

त्यस्तै गण्डकी प्रदेशभित्रका जिल्ला म्याग्दीमा ४९, पर्वतमा १५, लमजुङमा २५, तनहुँमा ७१, बागलुङमा ३९, गोरखामा १३, स्याङ्जामा ३९ र नवलपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । आजमात्रै गण्डकी प्रदेशमा कुल ५ सय १६ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड संक्रमण बढिरहेकाले स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न र सजगता अपनाउन स्वास्थ्य निर्देशनालयले सबैमा आग्रह गरेको छ ।

थप जानकारीः

कमेन्टहरु
Loading...