कास्कीमा स्मार्ट लकडाउन माघ मसान्तसम्म लम्बियो (के के गर्न पाइन्न ?)

गन्थन संवाददाता, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीबाट एक सूचना जारी गरि स्मार्ट लकडाउन लम्बाइएको छ । जसमा माघ मसान्तसम्म सिनेमा हल, डान्स बार, दोहोरी, नाँच घर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके, हाटबजार, स्पा सेन्टर, ब्युटीपार्लर र मानिसहरुको भिडभाड हुने कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाउने आदेश प्रशासनले जारी गरेको छ ।

त्यस्तै विद्यालय, विश्व विद्यालय, कलेज, ट्युशन सेन्टरहरुबाट भौतिक उपस्थितिमा सञ्चालन हुने तालिम तथा अन्य शैक्षिक क्रियाकलापमा माघ मसान्तसम्म रोक लगाएको छ । प्रशासनले आमसभा, जुलुस, सभा वा धेरै मानिस भेला हुने क्रियाकलाप पनि सञ्चालन गर्न रोक लगाएको छ ।

हेर्नुस् के गर्न पाइन्छ, के गर्न पाइन्नः

 

 

 

कमेन्टहरु
Loading...