पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै आज मात्रै संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय १६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २ सय १ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।