पोखरा । राष्ट्रिय सभा निर्वाचन तर्फ गण्डकी प्रदेशमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।
आजसम्पन्न निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् ।
गठबन्धनकी पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेकी छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार पाइन् ।
दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाएका छन् भने एमालेका अर्जुनकुमार सुनाम २७२४ मतभार पाए ।
अन्य कोटाबाट माओवादीका सुरेश आलेमगरले ३ हजार ९६ मतभार भएर विजयी भए भने एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार पाए ।