कास्की प्रशासनमा भोलीदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

गन्थन संवाददाता, पोखरा । कर्मचारीमा कोरोना संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कास्कीले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

प्रशासनले आज विज्ञप्ती जारी गर्दै शानित सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवा बाहेकका नियमित सेवाहरु अर्को सूचना प्रकाशित नभइन्जेलसम्मका लागि स्थगित गरेको हो ।

प्रशासनले माघ ११ गते सोमबार (भोली) देखि नियमित सेवाहरु स्थगन हुने विज्ञप्ती मार्फत जनाएको हो ।

 

कमेन्टहरु
Loading...