भारतको सूचना एवं प्रसारण मन्त्रालयले आइटी एक्टअन्तर्गत पाकिस्तानद्वारा सञ्चालित हुने ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाई भारतमा प्रतिबन्ध गर्न निर्देशन जारी गरेको छ ।
सूचना एवं प्रसारण मन्त्रालयका सचिव अपूर्व चन्द्रले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यी सबैले भारत विरोधी प्रोपागान्डा चलाइरहेको बताए ।
उनले भने, ‘जबदेखि यो प्रक्रिया सुरु भएको छ धेरैभन्दा धेरै च्यानल ब्लक गरिएको छ ।’
एजेन्सी