भारतको तामिलनाडुमा लकडाउन सुरु

भारतको दक्षिणी राज्य तामिलनाडुमा पूर्ण लकडाउन सुरु भएको छ । पछिल्लो समय देखा परेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सो राज्यमा आइतबारदेखि पूर्ण लकडाउन सुरु भएको हो ।

कोभिड-१९ नियन्त्रण एवं रोकथामका लागि तामिलनाडु सरकारले लकडाउनको निर्णय गरेको हो । लकडाउन सुरु भएपछि तामिलनाडुका चेन्नाईलगायत मुख्य सहर सुनसान बनेको बताइएको छ । लकडाउनसँगै सहरका मुख्य चोक र गल्लीहरुमा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी खटाइएको बताइएको छ ।

लकडाउनपछि विहे, ब्रतबन्ध र महत्वपूर्ण कार्यक्रममा हिडेकाहरुले मात्रा यात्रा गर्न पाउने र महत्वपूर्ण कार्यक्रममा बढीमा १ सय मानिसमात्र उपस्थित हुन पाउने बताइएको छ । त्यहाँका किराना पसल, पेट्रोल पम्प र अन्य अत्यावश्यक सामग्रीका पसलहरु सिमित समयमा मात्र खोल्न पाइने हिन्दुस्तान टाइम्समा खबर छ ।

कमेन्टहरु
Loading...