गन्थन संवाददाता, पोखरा । पत्रकारितामा ठुलो शक्ति रहेको र उक्त शक्तिलाई जिम्मेवार बनाउन नसकिए राज्यमा अराजक निम्तने गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कास्की शाखाको संयोजनमा सोमबार आयोजित पत्रकार आचारसंहिता जागरण कार्यक्रममा प्रवक्ता खड्काले यस्तो बताएका हुन् ।
जनताको आवाज, गुनासो राज्यसमक्ष पुराउन महत्वपूर्ण भूमिका खेल्ने सञ्चार जगतलाई जनताको विश्वासबाट खस्कन दिन नहुने उनको भनाई छ । ‘सधै नकरात्मक होइन, पोजेटिभ न्युज बनाएर समाजमा राम्रो छाप छोड्ने न्युज बनाउनु पनि आवश्यक छ । जसले सकरात्मक तर्फ प्रेरित गरोस् ।’
आफुले लेखेका समाचार कतिको स्वतन्त्र छ, कतिको पूर्वागाही छ भन्ने विषयमा आफैले मनन् गर्नु आवश्यक रहेको बताए । साथै पत्रकारले आचारसंहितालाई ध्यानमा राखेर समाचार बनाएमा पत्रकारिता जगत अझ मर्यादित बन्ने उनको भनाई थियो ।
