पोखरा । नेकपा समाजवादी पार्टी निकट अनेरास्ववियूले पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटी घोषणा गरेको छ । मनोज बानियाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कमिटी बिहीबार घोषणा गरेको हो ।
कमिटीको उपाध्यक्षमा बिनय सुवेदी, सचिवमा समाज श्रेष्ठ र सह सचिवमा बिबेक तिवारी चयन भएका छन् । घोषणा कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियूका केन्द्रिय उपमहासचिव राजन शर्मा पराजुलीले विद्यार्थीले शैक्षिक क्षेत्रमा रहेका विकृतीहरुलाई हटाएर गुणस्तरिय शिक्षाको ज्योती बाल्ने काममा अगाडी बढ्नु पर्ने बताए ।
उनले भने, ‘बिद्यार्थी आन्दोलन बिद्रोही आन्दोलन हो । यो कसैको वकालत गर्न हैन मार्क्सवादको आलोकमा समाजको प्रगतिशील रुपान्तरण गर्ने अगुवा दस्ता हो । कसैको भजनमन्डली बनेर ,महिमागान गाएर मतियार बन्ने होइन ,प्रतिपक्षि आन्दोलन मार्फत बिद्रोहको मसाल बोक्दै शैक्षिक क्षेत्रमा रहेका तमाम विकृतिहरुलाइ हटाएर गुणस्तरिय शिक्षाको ज्योती बाल्ने हो ।’
’पुस्पलालले यदि १०० बर्षपछि भए पनि नेपाली कम्युनिस्ट घोषणापत्र लेख्ने जर्मको नगरेको भए नेपालमा यत्रो वामपन्थी जनमत निर्माण हुने थिएन । यदि माहात्मा गान्धीम एकजना सानो ,पातलो मान्छेले विरोध गरेर कहाँ अंग्रेजहरुलाई लखेट्न सकिन्छ भनेको भए भारत आजाद हुने थिएन । त्यसैगरी विपिले मेरो परिवारलाइ त अपमानित गरेर देश निकाला गरेका हुन भन्ने सोचेर उतै पलायन बन्ने भएको भए यो काग्रेस र उनको यत्रो सम्मानित ब्यक्तित्व बन्नुहुने थिएन । त्यसैले माधव नेपाल, झलनाथले विद्रोहको बाटो रोजेपछी अब त्यो एमाले एमाले रहेन केपि ओलि फ्यान क्लवमा परिणत भएको र चितवनको मेलाले यसलाई अनुमोदन गरेेेको छ ।’ –विद्यार्थी नेता पराजुलीले भने ।
कार्यक्रममा स्थायी कमिटी सदस्य सन्तोष न्यौपाने, गण्डकी प्रदेश कमिटी सचिव गोबिन्द महत, केन्द्रिय सचिवालय सदस्य विकास रेग्मी, पोखरा महानगर कमिटी अध्यक्ष संगम आचार्य, जिल्ला कमिटी सदस्य सुमित तिमिल्सिना, पृथ्वीनारायण क्याम्पस उपाध्यक्ष दिवस पौडेल, सचिव रसिक न्यौपाने, सहसचिव विशाल नायक, सदस्य कल्पना सुवेदीलगाएतको उपस्थिति रहेको थियो ।
कास्की जिल्ला अध्यक्ष बज्रराज अधिकारीको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रमको सञ्चालन मनोज बानियाले गरेका थिए ।
