गण्डकी सरकारः दुई महिना बढी बितिसक्दा पनि टुङ्गीएन मन्त्रालय, बिना विभागिएमै मन्त्री दोबाटे

कमल सुवेदी, पोखरा । गण्डकी प्रदेशका मन्त्री दोबाटे विश्वकर्माले मन्त्रीको सपथ लिएको दुई महिना भन्दा बढी समय बिती सक्दा पनि कुन मन्त्रालय भन्ने विषयमा अझै टुङ्गो लागेको छैन । असोज २५ मा सपथ लिएका उनले २ महिना भन्दा बढी समय वित्दापनि उनको मन्त्रालय टुङ्गो लागेन । यति लामो समय वितिसक्दा पनि मन्त्रालयको टुङ्गो नहुनुमा गण्डकी सरकार गैह्र जिम्मेवार र काम कारवाही फितलो देखिएको छ ।

 

यस विषयमा मन्त्री दोबाटेसँग बुझ्न खोज्दा आफु पनि अनभिज्ञ रहेको बताए । उनले भने, ‘केही समय कानुनी प्रक्रियाले रोकिएको होला पछि पार्टीको चुनावको माहोल भएकाले रोकिएको हो कि भन्ने लाग्छ । चुनाव पनि सकियो अव विना विभागिय हुनु पर्दैन होला, यसको टुङ्गो अव छिट्टै लाग्छ भन्ने विश्वासमा छु ।’

 

कुन विभागको मन्त्रालय पाउने भन्ने विषयमा आफुलाई केही थाहा नभएको उनले बताए । ‘चुनाव मै व्यस्त भएकाले भेटेर कुरा गर्ने सल्लाह गर्न समेत पाइएको छैन । कार्यकर्ताले पनि छिटो भन्दा छिटो विभागको टुङ्गो लागिदिए हुन्थ्यो भन्ने मनसाय व्यक्त गरिरहेका छन् । यो विना विभागिय मन्त्री हुनु साह्रै अप्ठेरो ।’ –उनले भने ।

कमेन्टहरु
Loading...