धनगढी l धनगढीमा शनिवारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरू भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश १ विजयी भएको छ । उद्घाटन खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश १ ले कप्तान रुबी क्षेत्री र अप्सरी वेगमको अर्धशतकको मद्दतमा २० ओभरमा दुई विकेटको क्षतिमा १६६ रन बनायो । ७६ रनको पारी खेलेकी कप्तान क्षेत्रीले १० बलको सामना गर्दा १० चौका प्रहार गरिन् । अप्सरीले ६१ रन बनाउँदा ६२ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् । प्रदेश १ ले २९ रन अतिरिक्त पाएको पायो । कर्णालीका लागि दिव्या धामीले २ विकेट लिइन् ।
प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो बर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमा सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन नै सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक–एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भए । प्रदेश १ का लागि अलिशा खडीयाले ५ विकेट लिइन् । यस्तै संगीता राईले दुई र सबनम राईले एक विकेट लिइन् ।
आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश भिड्दैछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता ११ पुसमा सम्पन्न हुनेछ ।
सात प्रदेश र एक विभागीय गरी आ७ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए । समूह ए मा प्रदेश १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बीमा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख, द्वितीयले तीन लाख, वम्यान अफ द सिरिजले २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सवम्यानले १५ हजार, वम्यान अफ द म्याचले दुई हजार पुरस्कार प्राप्त गर्ने छन् ।