आधा घटाइयो वर्माकी नेतृ सुकीको सजाय

यांगुन । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएको छ । म्यानमारको अदालतले सुकीमाथिको सजाय आधा घटाएको हो । यसअघि न्यपेतस्थित सेनाको अदालतले दुई विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो ।

उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लघंन गरेको अभियोग लगाइएको छ । यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ ।

सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आरोपमा मुद्दा लगाउँदै आएको थियो ।

एजेन्सी

कमेन्टहरु
Loading...