साहित्यकार लिली अधिकारीको “पहराको फुल” लोकार्पण

पोखरा । पोखराकी नारी हस्ताक्षर लिली अधिकारीको पहराको फुल कविता सङ्ग्रह लोकार्पण गरीएको छ । आज पोखरामा एक कार्यक्रमको आयोजना गरी सगरमाथा साहित्य प्रतिष्ठानले अधिकारीको कृर्ति प्रकाशन गरेको हो ।

विमोचन गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले जति धेरै अध्यँन भयो उतीनै राम्रो लेखन कार्य हुने भन्दै पहारामा कतै लीली फुलेको देखेको छैनँ तर कवियत्री अधिकारीले पहरामा पनि कविताका फुलहरु फुलाउन सक्नु भएको बताए । यस कवितासङग्रहमा आशा र अपेक्षा छन् कति बिम्बहरुमा समयका त्रासदी गाथाहरु छन् कविताले समय देश राष्ट्रवारेमा वोलेको बताए ।

कवियत्री अधिकारीले यो कृर्तीमा कठिनता नै कठिनताको अन्धकार महासागर कतै टाढा देखिने जीवनका पिलपिले बत्तीहरुनै कविता रहेको बताइन् । अधिकारीले भनिन् “ अक्षरहरुसँग पोखिँदा पोखिँदै मलै यो कवितासङग्रह लेख्न थालेकी हुँ । यो कवितामा माया प्रेम जिवन जगत र आम नेपाली समुदाएमा भएका विविध घट्नाहरुको बिम्ब पाउन सकिन्छ । विद्यालयका कविता र महाभारतका श्लोक सुन्दा सुन्दै कविता लेख्ने हुटहुटी लागेको अधिकारीले बताइन् ।

आवरण बिम्ब कवि रमेश श्रेष्ठको रहेको पहराको फुल कवितासङग्रहमा ५६ वटा कविताहरु समावेश गरीएका छन् ।

कमेन्टहरु
Loading...