जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्ला । जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दार्ता गरेको जानकारी दिइयो ।

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लामा आर्थिक वर्ष २०७७(७८ मा मात्रै एक हजार ७६ वटा नयाँ उद्योग दर्ता थिए । घरेलु तथा साना उद्योगको स्थापनाकालदेखि २०७६(७७ सम्म दुई हजार एक स १२ वटा मात्रै उद्योग दर्ता भएका थिए। तर २०७७(७८ भित्र अर्थात् एक वर्षमै यहाँ तीन हजार पाँच सय नयाँ उद्योग थपिएका छन । जिल्लामा अहिले उद्योग संख्या तीन हजार पाँच सय पुगेको छ ।

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लामा आर्थिक वर्ष २०७७(७८ मा तीन हजार पाँच सय नयाँ उद्योग दर्ता हुनु राम्रो पक्ष भए पनि सञ्चालनमा नआउनु दुखद पक्ष भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए । अनुदानकै लागी प्रयोग गरेर थन्काउनु गलत भएको उनको भनाइ छ ।

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख पदम न्यौपानेले जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित रहेको उल्लेख गरे । ‘अधिकांशले कृषि क्षेत्रमा उद्योग स्थापना गर्नेगरी अनुमति लिएका हुन्, सरकारी अनुदान र सहुलियतपूर्ण कृषि कर्जा पाउने आशामा धेरै उद्योग दर्ता भएको पाइएको छ,’ न्यौपाने भन्छन्, ‘उद्योग दर्ता भएर व्यवसाय सञ्चालन हुनु राम्रो कुरा हो । तर, जुम्लामा निर्वाहमुखी कृषि, नाफामुखी र व्यवसायी बन्न उद्योग दर्ता भएको देखिएन । सरकारी सुविधा दुरुपयोग गरी निकै विडम्बनापूर्ण अवस्था निम्त्याइएको पाइयो।’

कमेन्टहरु
Loading...