आईसीसी महिला ट्वान्टी–२०२० विश्वकपको एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोलीले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङकी कप्तान क्यारी चेनले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
यसपालि नेपाल पहिलो पटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरलमा स्थान बनाउने लक्ष्यसहित दुबई गएको छ । पछिल्लोपटक २०१९ को विश्वकप छनोटमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । आज त्यही नतिजा दोहर्याउने लक्ष्यमा नेपाल छ । गत संस्करणमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । यसपटक थाइल्यान्ड र चीन छैन ।
त्यसकारण पनि नेपाललाई बलियो दाबेदार मानिएको छ । नेपालले दुबई जानुअघि कतारमा तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । उक्त शृंखला नेपालले क्लिन स्विप गरेको थियो । त्यसअघि नेपालले बंगलादेशमा पनि बन्द प्रशिक्षण गरेको थियो ।
छनोटमा ६ टिम सहभागी प्रतियोगिताको विजेताले ग्लोबल छनोटमा स्थान बनाउनेछ ।