गन्थन संवाददाता, पोखरा । कास्की प्रहरीले पोखराबाट १८ लाख ७५ हजार ५ सय ३० रुपैया नगदसहित जुवा खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको छ । पोखरा वडा नं. १२ स्थित नबिन गौचनको घरमा आज बिहान २ बजे जुवा (तास) खेलिरहेको अवस्थामा नगदसहित ६ जना प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ । साथै उनीहरुले जुवा खेल्नकै लागि घर भाडामा लिई सिसिटिभि क्यामेरा समेत जडान गरेको प्रहरीले बताएको छ ।
जुवाखालबाट पक्राउ पर्नेहरुः
१. जिल्ला मुस्ताङ थासाङ गा।पा।वडा नं।०३ घर भई हाल कास्की जिल्ला पोखरा म.न.पा. वडा नं.१२ चापापानी बस्ने वर्ष ३२ को नबिन गौचन ।
२. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १२ फुलबारी बस्ने वर्ष ४४ को काजी गुरुङ ।
३. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १२ माटेपानी बस्ने वर्ष ३८ को सुर्य गुरुङ ।
४. जिल्ला दैलेख नौमुले गा.पा.वडा नं. ८ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बिजयपुर बस्ने वर्ष ३५ को खम्ब सिंह राना ।
५. जिल्ला कास्की मोदी गा.पा. वडा नं.१० घर भई हाल पोखरा महानगरपालिका वडा नं. १३ संगम टोल बस्ने वर्ष ३६ को खेमराज गुरुङ ।
६. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १९ घर भई हाल पोखरा वडा नं.१६ दिप बस्ने वर्ष ३५ को श्याम श्रेष्ठ ।