लमजुङ संवादाता । लमजुङमा नेकपा एमालेको पालिका अधिवेशनमा ८ वटा स्थानीय तह अन्तर्गत गाउँ तथा नगर कमिटी सर्वसम्मत रुपमा चयन भएका छन् । चार नगरपालिका र ३ गाउँपालिकामा मंगलबार र एउटा पालिकामा बुुधबार नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनअन्तर्गत बेंसीशहर नगर कमिटीको अध्यक्षमा राजकुमार विष्ट दोहोरिएका छन् । उपाध्यक्षमा दुर्गाबहादुर बुढाथोकी, सचिवमा सरद बराल, उपसचिवमा वुना रिमाल र विरेन्द्र गुरुङ सर्वसम्त चयन भएका छन् ।
मध्यनेपाल नगर कमिटीको अध्यक्षमा योगेन्द्रनारायण शाह, उपाध्यक्षमा सुर्य गुरुङ, सचिवमा विष्णुभक्त पौडेल, उपसचिवमा शारदा शाखी र सुर्यवहादुर नेपाली निर्वाचित भएका छन् । राइनास नगर कमिटीको अध्यक्षमा पुर्णबहादुर गुरुङ चयन भएका छन् । उनी एमाले र माओवादी एकतापूर्व अध्यक्ष थिए । एकता हुँदा माओवादीबाट अविरल न्यौपाने अध्यक्ष बनेका थिए । उनी पुनः एमालेमै रहेपनि अधिवेशनमा अध्यक्षमा चुनिन सकेनन्। यहाँ उपाध्यक्षमा ध्रुव अकेला, सचिवमा वलराम घिमिरे, उपसचिव अनन्त त्रिपाठी र शान्ता न्यौपाने सर्वसम्मत चयन भएका छन् । सुन्दबजार नगर कमिटीको अध्यक्षमा भिमबहादुर गुरुङ चयन भएका छन् । उपाध्यक्ष र सचिव पदमा सहमति हुन सकेको छैन । उपाध्यक्ष पदको उमेदवारमा जयराम रेग्मी, मेनबहादुर घले, गोविन्द गुरुङ रहेका छन् । सचिव पदका उमेद्वारमा प्रेमबहादुर भट्टराई, कृष्णकुमार श्रेष्ठ, खेम गुरुङ, कृष्णप्रसाद अधिकारी र सुवासकुमार श्रेष्ठ छन्। सहसचिवमा नवीनकुमार श्रेष्ठ र पार्वती अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।
गाउँपालिकातर्फ दोर्दी गाउँ कमिटीको अध्यक्षमा युवराज अधिकारी दोहोरिएका छन्। उपाध्यक्षमा मानबहादुर गुरुङ, सचिवमा अम्विका मरहट्ठा, उपसचिव लालमाया मिजार र नेत्र गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
क्व्होलासोंथर गाउँपालिकामा अध्यक्षमा नारायणबहादुर गुरुङ दोहोरिएका छन् । उपाध्यक्षमा सूर्य गुरुङ, सचिवमा गीतबहादुर गुरुङ, सहसचिवमा आसविर गुरुङ चयन भएका छन् । दूधपोखरी गाउँ कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ चयन भएका छन् । उपाध्यक्षमा गणेश गुरुङ, सचिवमा फुल तामाङ, उपसचिवमा लोकविलास दवाडी चयन भएका छन् ।
मस्र्याङ्दी गाउँ कमिटीमा अध्यक्षमा चेतबहादुर गुरुङ, उपाध्यक्षमा जुनामाया थापा, सचिवमा राम थापा, उपसचिवमा नन्दराज तामाङ र सरोज विक चयन भएका छन् ।