तनहुँ । नेविसंघका निवर्तमान सहमहामन्त्री लक्ष्मीभक्त खनालले तनहुँ जिल्ला सचिव पदमा उमेदवारी घोषणा गरेका छन् । काग्रेसको १४ औं महाधिवेशनमा खनालले संगठन सुदृढिकरण र जनताको सेवा गर्ने उदेस्यका साथ जिल्ला सचिव पदमा उमेदवारी प्रस्तुत गरेको पत्रकारहरुलाई जानकारी दिए । उनले भने ‘नेपाली कांग्रेसलाई संगठित गराएर आम जनताको सेवा गर्ने लक्ष्यका साथ अघि बढ्छु, कांग्रेसलाई चलायमान बनाउन पनि मेरो उमेदवारी हो ।’
०६३ र ०७१ गरी दुईपटक नेविसंघको जिल्ला अध्यक्षसमेतको कमान्ड समालेका खनाल जिल्लामा लोकप्रिय मानिन्छन् । खनाल नेविसंघको निवर्तमान सहमहामन्त्रीसमेत हुन् भने कांग्रेसको आमन्त्रित जिल्ला सदस्यसमेत हुन् ।
युवामाझ लोकप्रिय मानिएका खनालले विभिन्न सामाजिक क्षेत्रमासमेत काम गर्दै आइरहेका छन् ।