बागलुङ र म्याग्दी जोड्न झोलुङ्गे पुल बन्ने

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेको भुजेलचौर र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण गर्न थालिएको छ । दुवै जिल्लाका सर्वसाधारणलाई आवतजावतमा सहज गराउन पुल निर्माण गर्न थालिएको हो ।

दुई जिल्लाको सिमानामा पर्ने उक्त पुल रु तीन करोडको लागतमा निर्माण हुने भएको छ । पुल ३८८ मिटर लामो र १०० मिटर अग्लो रहेको छ ।

निर्माण सम्झौता अनुसार कम्पनीले १० महिनामै पुल तयार गर्नुपर्नेछ । “पहिलो चरणको लेआउटको काम भइसकेको र अब फाउण्डेसनको काम सुरु हुने”, कम्पनीका प्रतिनिधि नरहरि खड्काले भने । म्याग्दीको रत्नेचौरलाई बागलुङ बजारको पहुँचमा ल्याउनका लागि पुल महत्वपूर्ण हुने बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसीले बताए।

पुल निर्माणपछि बजारीकरण गर्न र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणका लागि सहज हुने छ । सांसद भुपेन्द्र थापाले भने ।

कमेन्टहरु
Loading...