गन्थन संवाददाता, पोखरा । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ११ का वडाध्यक्ष जित बहादुर सुनारसहित ८ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । उनीहरुबाट ९ लाख ५८ हजार ७ सय ४१ रुपैया नगद र चार बुक ताससहित पर्वत प्रहरीले जुवाखालबाट पक्राउ गरेको हो ।
उनीहरुलाई कुश्मा नगरपालिका ७ खरेहा बस्ने गोविन्द अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा शुक्रबार पक्राउ गरिएको पर्वत प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जनाएका छन् ।
उनका अनुसार पक्राउ गरिएका ८ जनालाई आज म्याद थपका लागि पक्रिया अगाडी बढाइएको छ ।
जुवाखालमा पक्राउ परेका वडाध्यक्ष जितबहादुर सुनार नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।