गतवर्ष भन्दा यसवर्ष तनहुँमा मकै उत्पादनमा वृद्धि

तनहुँ । आर्थिक वर्ष ०७७/०७८ मा तनहुँमा ७४ हजार ५७४ मेट्रिकटन मकै उत्पादन भएको छ । गत वर्षको तुलनामा यस पटक मकै उत्पादनमा वृद्धि आएको हो । त्यस्तै गतवर्ष त्रीृहत्तर हजार छ सय नब्बे मेट्रिकटन मकै उत्पादन भएको थियो । गतवर्ष भन्दा यसपटक मकै उत्पादनमा थोरै वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनका अनुसार जिल्लामा मकै राम्रो फल्ने ठाउँहरु धेरै भएपनि जनशत्ति नहुँदा मकैको खेती कम गरिएको छ । ‘गाउँमा वृद्ध भएका ज्येष्ठनागरिक मात्रै छन् । युवाहरु वैदेशिक रोजगारीमा जाने भएकाले पनि गाउँघरमा कृषि गर्ने युवापिँढीको संख्या कम भएको हो जसका कारण खेती गर्न नसकिएको र उत्पादन पनि कम भएको हो,’ उनले भने ।

जिल्लामा मकैको माग बढी छ । माग बढी भएपनि मकैको उत्पादन कम भएको छ । जसले गर्दा जिल्लामा मकै अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता छ । यहीँ नै उत्पादन भएको भए स्थानीय बजारमै विक्रि हुने र आम्दानी पनि बढ्थ्यो कृषि अधिकृत प्रकृति न्यौपानेले भनिन् ‘तर, यहाँ खेती नै कम गरिएको छ जसले गर्दा उत्पादनमा कमी भएको हो ।’ रामपुर, कम्पोजिट अरुण दुई, मनकामना चारलगायतका मकैहरु जिल्लामा कृषकले लगाउने गर्छन् ।

पछिल्लो समय यहाँका कृषकहरु मकै खेतीतर्फ आकर्षित भएका छन् तर बाँदरले मकै खाइदिने समस्याले गर्दा खेरी भने उनीहरु निरास छन् । बादरले मकै खान थालेपछि न्यूनीकरण गर्न विभिन्न पालिकाले कृषकलाई अनुदानमा बादर धपाउन बन्दुक प्रदान गरेका छन् । प्रभावकारी हुने ठानी बाँदर धपाउनको लागि अनुदानमा कृषकलाई बन्दुक वितरण गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

कमेन्टहरु
Loading...