लेखनाथमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक गम्भिर घाइते

गन्थन संवाददाता । पोखरा लेखनाथ बुढीबजार नजिक पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं. ५ मिजुरे डाँडाका ४७ वर्षिय सुर्य बहादुर क्षेत्री रहेका छन् । त्यस्तै मोटरसाइकलको पछाडी सवार सन्दिप केसी गम्भिर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो । सवारी नियन्त्रण लिइएकाे प्रहरीले जनाएकाे छ ।

पिकअप भ्यानका सवारी धनी सम्पर्कमा रहेका र चालकलाई खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...