गन्थन संवाददाता । कास्कीको नयाँपुलदेखि घान्द्रुक जाँदै गरेको ग१ज ६९०० नं. को बोलेरो जिप अन्नपूर्ण १ पलाभीरबाट २ सय मिटर तल खस्दा ८ जना गम्भीर घाइते र १ जना सामान्य घाइते भएका छन् ।
गम्भीर घाइतेलाई उपचारका लागि पोखरा ल्याइएको छ । ९ जना सवार जीपमा ८ जना सिरियस घाइते भएकाले उपचारका लागि पोखरा ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।
साथै घटनाको विषयमा अनुसन्धान भैरहेको हमालले बताए ।