लाभांश प्रस्ताव पारित गर्न माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न साधारणसभा (एजीएम) बोलाएको छ। बैंकले २६ कात्तिकमा होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा २३औँ वार्षिक साधारणसभा बोलाएको हो।

कोभिड-१९ महामारीको जोखिमका कारण साधारणसभामा भिडियो कन्फ्रेन्समार्फत हुनेछ । सभामा सहभागी हुने सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने व्यवस्था बैंकले गरेको जनाएको छ ।

सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । गत आर्थिक वर्षको कमाईबाट बैंकले लाभांश खुवाउन लागेको हो । सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्रप्ति गर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको नियुक्तिलगायतका विषयमा छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले ७ कात्तिकमा बुकक्लोज गर्ने भएको छ । यसअनुसार ६ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।

कमेन्टहरु
Loading...