महङ्गी नियन्त्रण गर्न बजार अनुगमन

तनहुँ संवादाता । तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा महंठठगी र कालाबजारी बढ्ने भएकाले न्युनिकरण गर्न शुक्लागण्डकी नगरपालिकाले अनुगमन थारलेको हो । सोमबार नगरपालिकाका कर्मचाारी, उद्योग बाणिज्य संघका प्रतिनिधि, पत्रकार, लगायतकाको रोहबरमा टोलीले बजार अनुगमन गरेको हो । आुगमनका क्रममा अधिकांस पसलको मुल्यसुची नभएको भेटिएको थियो भने केहीमा म्याद गुज्रेका खाद्य वस्तु, पेय पदार्थ भेटिएको थियो ।

कोत्रे, दुलेगौडा, खैरेनीटारलगायतका बजारहरुमा नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ ।ं त्यस क्षेत्रका बजारमा बढी भिडभाड हुने भएकाले पनि अनुगमन नगरपालिकाको प्राथामिकतामा परेको हो ।

पहिलो दिन दुलेगौडा बजारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक तथा नगरपालिकाका प्रसासकीय अधिकृत लक्ष्मण लम्सालले बताए । ‘चाडपर्व नजिकिएसँगै खाद्यान्न लगायतका वस्तुहरुको मुल्यमा एकरुपता नहुन सक्छ । मुल्यको एकरुपमा पनि हुनुपर्छ । त्यसैले उपभोक्ताहरु चाडपर्वको समयमा नठगिउन भनेर नगरपालिकाले बजार अनुगमन गरेको हो, उनले भने ।

अनुगमनका क्रममा अधिकांस पसलमा मुल्यसुची नराखेको भेटिएको थियो भने केही पसलमा म्याद गुज्रेका पेयपदार्थ, मसला, चाउचाउलगायतका खाद्यसामग्री भेटिएको छ । म्याद गुज्रेका वस्तुलाई जफत गरिएको छ । बजार अनुगमनका क्रममा मिति नभएका उपभोग्य वस्तु, म्याद सकिएका पेयपदार्थ तथा लेवल नभएका वस्तुहरु भेटिएका थिए ।

अनुगमन टोलीले किराना पसल, खाद्यान्न, मिठाइपसल, डिपार्टमेन्टल स्टोर गरी जम्मा चौविसवटा पसलमा अनुगमन गरेका थिए । दशै तिहारको समयमा हुने कालावजारी र महंगी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख प्रसासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले बताए । ‘अनुगमनले मुल्यवृद्धि र कालाबजारी नियन्त्रणमा सहयोग पुग्ने भएकाले प्राथमिकतामा राखेका हौ । त्यसैले सोमबारबाट दैनिकरुपमा एक हप्तासम्म अनुगमन गर्ने लक्ष्य छ,’ उनले भने ।

कमेन्टहरु
Loading...