साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै

पोखरा । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १/० ले हराएर नेपालले विजयी सुरुआत गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ ।

श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १/० ले नै पारजित भएको थियो । त्यसैले नेपालविरुद्ध उनीहरु सकरात्मक नतिजा निकाल्नका लागि खेल्दैछ ।

नेपालले श्रीलंकासँग पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु कपमा खेलेको थियो । विमल घर्ती मगरको गोलमा नेपालले श्रीलंकालाई १/० ले हराएको थियो ।

आजै भारतले आफ्नो पहिलो खेल खेल्दैछ । भारत र बंगलादेशबीच खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

कमेन्टहरु
Loading...