नेपाली काँग्रेस राईनस नगर सभापतिमा पौडेल निवार्चित

पोखरा । नेपाली काँग्रेस राईनास नगर कार्यसमितिको सभापतीमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा ४७ मतको अन्तरले नुरराज कडरीयालाई पछि पार्दै पौडेल निर्वाचित भएका हुन् ।

दुईसय दुई प्रतिनिधी मतदाता रहेको राईनासमा दुईसय एक जनाले मतदान गरेका थिए । कुल खसेको मत मध्ये पौडेलले एकसय २२ मत प्राप्त गरेका मतदान अधिकृत दिनेश चिलुवालले जानकारी दिए । सभापती पदमा पराजित कडरियाले ७५ मत प्राप्त गरेका मतदान अधिकृत चिलवालको भनाई छ ।

निर्वाचनबाट राईनास नगर कार्यसमितिको उपसभापतीमा सन्तोश गुरुङ र राजकुमार भुजेल निर्वाचित भएका छन् । यसैगरी सचिवमा गोविन्द चिलुवाल र चित्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने सहसचिवमा जनकराज न्यौपाने र मोहन शर्मा चिलुवाल निर्वाचित भएका मतदान अधिकृत चिलवालले जानकारी दिए ।

गत नौ गते शुरु भएको स्थानिय तह अधिवेशनका क्रममा मतपत्रमा त्रुटि देखिएपछि रोकिएको मतदान प्रक्रिया शनिवार भएको हो । निर्वाचन मण्डलले मतपत्र तयार गर्दा उम्मेदार श्रीकृष्ण पौडलको नाम पछाडी रेजा लगाउने बक्सनै नराखिएको पाईएपछि पौडेल पक्षले अवरोध गरेसँगै तत्कालिन समयमा निर्वाचन स्थगित भएको थियो ।

नयाँ मतदान प्रक्रियाका विषयमा दुवै उम्मेदार सहित नेपाली काँग्रेस लमजुङका पूर्व सभापती तुलसीनारायण श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरी आपसी छलफल गराई पुन मतदान गरिएको हो । निर्वाचन प्रक्रियामा मतदान बाहेक सवै प्रक्रियालाई साविककै मानेर शनिवार मतदानको काम मात्रै भएको थियो ।

राईनासमा सभापती, उपसभापती, सचिव, सहसचिव सहित सवै सदस्य पदमा पनि निर्वाचन भएको थियो । स्थागित निर्वाचनमा सभापती पदको मतपत्रमा त्रुटी फेला परेपनि पुनः सवै पदमा मतदान भएको हो ।
१४ औ महाधिवेशनको क्रममा लमजुङका आठवटै स्थानिय तहहरुमा अघिल्लो शनिवार अधिवेशन शुरु भएको हो । अधिवेशनको क्रममा नयाँ नेतृत्वका लागि जिल्लाका चार नगरपालिकामा चुनावी प्रक्रिया भएपनि चार गाउँपालिकाहरुमा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

कमेन्टहरु
Loading...