मानव अधिकारमैत्री ३ दिने पत्रकारीता तालिम सम्पन्न

गन्थन संवाददाता । राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको मानव अधिकारमैत्री पत्रकारीता तालिम सम्पन्न भएको छ । मनाङ बाहेक गण्डकी प्रदेशका अन्य १० जिल्लाका ३० जना पत्रकारलाई ३ दिने तालिम आज समापन भएको हो ।

तालिम लिएका पत्रकार मध्येबाट समापन कार्यक्रममा पत्रकार कमल सुवेदी र प्रतिक्षा काफ्लेले आफ्ना अनुभव शेयर गर्दै तालिमका कुरा फिल्डमा लागु गर्ने प्रतिवद्धता जनाए । त्यस्तै कार्यक्रममा मानव अधिकार आयोगकी सदस्य लिला थापा, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य जमुना वर्षा शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

 

३ दिने तालिममा पहिलो दिन खिमलाल सुवेदी, बिना सिलवाल, डा. टिकाराम पोखरेलले त्यस्तै दोश्रो दिन लिलि थापा, दिपेन्द्र सिंह, डा. टिकाराम पोखरेलले प्रशिक्षण गराएका थिएभने आज समापनका दिन गोविन्द सुवेदी र डा. सुर्य ढुङ्गेलले प्रशिक्षण गराएका थिए ।

 

तालिमको उदघाटन कार्यक्रममा मानव अधिकार आयोगका प्रवक्ता डा। टिकाराम पोखरेल, नेपाल पत्रकार महासंघकी अध्यक्ष विमला भण्डारी, पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पत्रकार सुष्मा पौडेल, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव गोविन्द सुवेदीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...