गन्थन संवाददाता । इन्टरनेट सेवा प्रदायक संस्था भायानेटले दशैको अवसरमा विभिन्न अफर तथा छुटको घोषणा गरेको छ । भायानेटले विज्ञप्ती जारी गर्दै छुटको घोषणा गरेको हो ।
जसमा दशैको अवसरमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट दिने भएको हो । त्यस्तै ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभि (MI Android TV) खरिदमा भारी छुट दिएको छ ।
विज्ञप्तीम भनिएको छ, ‘अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५+ च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नुहुनेछ । साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन् ।’
चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर ल्याएको जनाएको छ ।