पोखरा । अनेरास्वबियु कास्कीले सार्वजनिक सवारी साधनमा विद्यार्थी परिचयपत्रका आधारमा छुट नदिनेलाई कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएको छ ।
कास्की सहसंयोजक सन्तोष पोखरेलको नेतृत्वको टोलीले प्रदेश ट्राफिक कार्यलय प्रमुख प्रभु ढकाललाई भेटी छुट कार्यन्वयन नगर्नेलाई कारबाहीको माग गरेका हुन् ।
सहसंयोजक पोखरेलले कोभिड १९ संक्रमणका ,पछिल्लो समय गरिएको भाडा बृद्धि कारण देखाउँदै विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा छुट दिनैपर्ने नियम विपरीत शुल्क लिने सवारीलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको बताए ।
यस्तै भेटमा बिद्यार्थी परिचय पत्रको आधारमा सार्बजनिक यातायातमा दिंदै आएको यातायात छुट नपाए ट्राफिक प्रहरीको १०३ मा डायल गर्न समेत अनेरास्वबियुले आग्रह गरेको छ ।