आज थप संक्रमित ९४१, निको हुने १३२४

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ७२ जनाको ज्यान गइसकेको छ ।

त्यसैगरि हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ४३ जना रहेका छन् ।

स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न र सजग रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...