डिपिएल युथ टिम गण्डकीले गठन गर्‍यो पोखरा डिपिएल युथ बोर्ड र पोखरा डिपिएल टिन बोर्ड

गन्थन संवाददाता । पठन संस्कृतिको विकास तथा सकारात्मक सोँचलाई आत्मसाथ गर्दै डायनामिक पब्लिक लाइब्रेरी (डिपिएल) युथ टिम गण्डकीले प्रदेश टिमको मातहतमा रहने गरि दुई नयाँ टिम गठन गरेको छ । आज पोखरामा एक कार्यक्रम आयोजना गरि डिपिएल गण्डकीले पोखरा डिपिएल युथ बोर्ड र पोखरा डिपिएल टिन बोर्ड गठन गरेको हो ।

जसमा आयुश बाटाजुको संयोजकत्वमा २३ सदस्यीय युथ बोर्ड र आयुश गिरीको संयोजकत्वमा २१ सदस्यीय टिन बोर्ड गठन भएको छ ।

डिपिएलले शिक्षा, स्वास्थ्य र वातावरण सम्वन्धि कार्य गरिरहेको गण्डकीका अध्यक्ष बसन्त गिरीले जानकारी दिए । गन्थनसँग कुरा गर्दै उनले भने, ‘हामीले शिक्षा, स्वास्थ्य तथा वातावरण सम्वन्धि कार्य गरिरहेका छौं । पछिल्लो चरणमा गण्डकी टिमले सडक छेउमा टि–गार्ड सहितको वृक्षरोपण, रक्तदान, यमबहादुर गुरुङ बचाउ अभियान सञ्चालन गरिसकेका छौं र यसलाई निरन्तरता पनि दिनेछौं । अव निकट भविष्यमा स्वच्छ वातावरण सहितको पार्क र ई–लाइब्रेरी स्थापना गर्ने सोँचमा छौं ।’

 

 

 

कमेन्टहरु
Loading...