माधव नेपाल पक्षका अखिल फोर्सका उपाध्यक्षसहित दर्जनौ विद्यार्थी एमाले अखिल कास्कीमा फर्किए

गन्थन संवाददाता । एमालेसँग असन्तुष्ट भई नयाँ पार्टी नेकपा एकीकृत (समाजवादी) पार्टी दर्ता गराएका माधव नेपाल पक्षका अखिल कास्कीका दर्जनौ विद्यार्थी नेकपा एमाले अखिलमा फर्किएका छन् ।

माधव पक्षका अखिल फोर्स केन्द्रीय सहसंयोजक दिनेश ढुङ्गाना, सचिवालय सदस्य स्वीकार पोखरेल, सचिवालय सदस्य तथा पृथ्वी नारायण क्याम्पस अखिल अध्यक्ष दुर्गानाथ लामिछाने, केन्द्रीय सचिवालय सदस्य कुशल बराल, कास्कीका सहअध्यक्ष दिपक आचार्य, केन्द्रीय सदस्य सुन्दर बराल साथै रविन्द्र अधिकारी, कुशल लम्साल, विशाल भण्डारी, मनोज कोइराला, अमृता पोखरेल, विजया पराजुली, विपिन सुवेदी, विरेन्द्र बिक, शिशिर पौडेललगाएत दर्जनौ एमाले अखिलमा फर्किएका हुन् ।

आज बसेको बैठकले उनीहरुलाई जिम्मेवारी समेत दिएको छ ।

जसमा दिनेश ढुङ्गाना र स्वीकार पोखरेललाई जिल्ला भन्दा माथीका कमिटीमा जिम्मेवारी दिने निर्णय गरिएको छ । यता अनेरास्ववियु कास्की सम्मेलन आयोजक कमिटीको सहसंयोजकमा सुन्दर बराल त्यस्तै कार्यालयसदस्यमा कुशल बराल र दिपक आचार्यलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरि अनेरास्ववियु पोखरा महानगर सम्मेलन आयोजक कमिटीको सहसंयोजकमा दुर्गानाथ लामिछाने र सदस्यमा रविन्द्र अधिकारीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी सम्मेलन आयोजक कमिटीको कार्यालय सदस्यमा कुशल लम्साल, विशाल भण्डारी, मनोज कोइराला, सचिवालय सदस्य मा अमृता पोखरेल र बिरेन्द्र बिकलाई राखिएको छ ।

कमेन्टहरु
Loading...