गण्डकी सञ्चार ऐनप्रति अनलाइन पत्रकार संघको आपत्ति, नसच्चाए आन्दोलनमा उत्रने

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको गण्डकी प्रदेश आमसञ्चार ऐन–२०७७ प्रति अनलाइन पत्रकार संघ गण्डकीले आपत्ति जनाएको छ । प्रेस स्वतन्त्रतामाथीनै प्रहार भएको ठहर गर्दै संघले उक्त ऐन यथाशीघ्र सच्चाउन माग गर्दै आज विज्ञप्ती जारी गरेको हो । विज्ञहरुसँगको छलफलविना सभामा हतार–हतार पेश गरिनु शंकाको विषय बनेको संघको ठम्माई रहेको छ । यथाशीघ्र नसच्चीय कडा आन्दोलनमा जाने संघका अध्यक्ष कमल सुवेदीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यसअघि उक्त ऐन तत्कालै सच्चीनुपर्ने, नसच्चीय कडा आन्दोलनमा जाने भन्दै प्रेस चौतारी कास्की शाखाका अध्यक्ष अर्जुन गिरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

यस्ताे छ विज्ञप्तीः

गण्डकी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको ‘गण्डकी प्रदेश आमसञ्चार ऐन–२०७७’ प्रति अनलाइन पत्रकार संघ गण्डकीको गम्भिर ध्यानाकर्षण भएको छ ।

यस विधेयकले प्रेस स्वतन्त्रतामाथी गम्भीर प्रहार गरेको ठहर गर्दै उक्त ऐन तत्कालै फिर्ता गरि सरोकारवालाहरुसँग वृहत छलफल र पुनर्लेखन गर्न जोडदार माग गर्दछौं ।

विज्ञहरुसँगको छलफलबिना राज्यको चौथो अंगकोरुपमा रहेको सञ्चार जगतलाई अप्ठेरो पार्न ल्याइएको ऐन प्रदेश सभामा हतार–हतार पेश गरिनु हामीले गम्भिररुपमा लिएका छौं ।

स्वतन्त्र पत्रकारिता माथी नै शंका पैदा गराउने उक्त ऐनलाई यथाशीघ्र नसच्चाएमा सो ऐन विरुद्ध कडा भन्दा कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।

अध्यक्ष

कमल सुवेदी

अनलाइन पत्रकार संघ, गण्डकी

कमेन्टहरु
Loading...