गन्थन संवाददाता । केन्द्रीय समितिको कार्यप्रति असन्तुष्टी जनाउँदै दारी ग्याङ पोखराका संयोजक अभिमन्यु पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा दिएका छन् । पोखराको गतिबिधिमा सिधै केन्द्रबाट हस्तक्षप हुन थालेको, संयोजकलाई नै थाहा नदिइ केन्द्रबाट गतिविधि अगाडि बढाएको, पटक पटक केन्द्रमा ध्यानाकर्षण गर्दा कुनै सुनुवाई नभएकोलगाएतका कार्यप्रति असन्तुष्ट जनाउँदै आज पाण्डेले संयोजक पदबाट राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिएपनि तुरुन्त फिर्ता लिन र संयोजक मै रहेर काम गर्न पोखराका दारी ग्याङमा आवद्ध सदस्यहरुले माग गरेका छन् । गन्थनसँगको फोनवार्तामा राजीनामा दिनुको कारण भन्ने प्रश्नमा पाण्डेले आफु संस्थाप्रति समर्पित हुन नपाउनु, केन्द्रबाट सक्रिय तरिकाले कार्य अगाडी नबढाउनु, केन्द्रले नै राम्रो एजेण्डा प्रस्तुत गर्न नसक्नु तथा पोखराको संयोजकलाई थाहा नै नदिई गतिविधि अगाडी बढाउनु रहेको बताए । उनले संयोजकबाट राजीनामा दिएपनि सक्रिय सदस्यको रुपमा सदैव संस्था प्रति उत्तरदायी हुने जनाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको राजीनामा पत्र यस्तो छः