राम्दीमा पहिरोले घर पुरिदाँ एक जनाको मृत्यु,तीन घाइते

स्याङ्जाको राम्दीमा पहिरोले घर पुरिदाँ एक जनाको मृत्युभएको छ । भने तीन जना घाईते भएका छन् ।

गल्याङ नगरपालिका–१, राम्दी स्थीत सिद्धार्थ राजमार्गमा पहिरोमा पुरीएर मृत्यु हुनेमा वालिङ नगरपालिका–१४, वर्ष ४० की धनमाया उम्रमगर निधन भएको प्रहरीले जानकारी दिएको छ ।

सोही स्थानमा होटल संचालन गर्दै आएकी वर्ष ३७ की लक्ष्मी बस्नेत, सैनामैना नगरपालिका–१ घर भै सोही होटलमा काम गर्ने वर्ष १६ का शिशिर योगी र एक पुरुषको नाम नखुलेको घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

पहिरोका कारण सिद्धार्थ राजमार्ग समेत अवरुद्ध रहेको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...