बागलुङ । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी) बागलुङको संयोजकमा लाल थापा चयन भएका छन् । शनिवार भएको उक्त पार्टीको भेलाबाट थापा संयोजकमा चुनिएका हुन् ।उनी यस अगाडी एमालेमा जिल्ला सचिवमा निर्वाचित भएका थिए भने एमाले र माओवादी एकता भएर बनेको नेकपा जिल्ला कार्यालय सदस्य थिए ।
साथै सोही दिनको भेलाले बिभिन्न उपसमिति समेत गठन गरेका छ । भुपाल चालिसे संयोजक रहेको कार्यलय व्यस्थापन उपसमिति, शालिकराम शर्मा संयोजक रहेको सामाजिक संघसंस्था समन्वय उपसमिति, जिबन आचार्य संयोजक रहेको जनप्रतिनिधी समन्वय उपसमिति, सुरज बसेलको संयोजकत्वमा युवा तथा खेलकुद जिल्ला भेला आयोजक समिति गठन गरिएको छ । भेलामा पूर्व उर्जा राज्यमन्त्री रामजीप्रशाद शर्मा, पूर्व जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मालगायतका नेताहरुको उपस्थित रहेको थियो ।