मणिपालले नेपाल सरकारसँग गरेको सम्झौता सार्वजनिक गरियोस् : पूर्वमन्त्री अधिकारी

पोखरा । नेपाल सरकारका पूर्व स्वास्थ्यमन्त्री  खगराज अधिकारीले मणिपाल शिक्षण अस्पताल र नेपाल सरकारबिचको सम्झौता सार्वजनिक गर्न माग गरेका छन्।

पूर्व गृहमन्त्री समेत रहेका अधिकारीले मणिपाल शिक्षण अस्पताल रहेको सरकारी स्वामित्वको जग्गा जमिनको दायित्व समेत स्पष्ट हुनुपर्ने बताएका छन् ।

मणिापाल शिक्षण अस्तपाल पोखराका व्यबसायी आनन्दराज बतास र अटोवेज ग्रुपले किनेका छन् । अस्पताल र व्यावसायीबिच ३ अर्व २१ करोडमा किन्ने सम्झौता भएको छ ।

१८ अक्टोबर १९९२ मा नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल बिच ४९ बर्षका लागि जग्गा भाडामा लिनेदिने र सो समय पश्चात् अस्पताल नेपाल सरकारलाई हस्तान्तरण हुने सम्झौता भएको थियो । झण्डै १ अर्ब राजस्व तिर्न बाँकी सो अस्पताल सरकारीकरण हुनुभन्दा २० बर्ष अघि मात्र किनबेच हुन लागेपछि चर्को विरोध सुरु भएको छ ।

पूर्वमन्त्री अधिकारीले हालको सम्झौता पारदर्शी रुपमा सार्वजनिक गर्न समेत माग गरेका छन् ।

मणिपाल बेचिएको विषय सार्वजनिक भए लगत्तै सामाजिक सन्जालमा राजनीतिक तथा सामाजिक व्यक्तिहरुले विरोध गरेका छन् ।

नेकपा एकिकृत समाजवादीका नेता पूर्ण लामाले मणिपाल शिक्षण अस्पताल दुई पक्षिय किनवेचको विषय मात्र होईन र हुन नसक्ने बताएका छन् ।

‘दुई पक्ष मात्रै वसेर गरिएको सम्झौता प्रति आम सर्वसाधारण जनताको असहमति हुनु पर्दछ र जुन कुरा स्वभाविक छ पनि’, उनले लेखेका छन् ।

यस्तै अनेरास्ववियुका केन्द्रीय सदस्य विवेक देवकोटा सरकारसंग गरिएको सम्झौता अवधी , अस्पताल रहेको जमिन, अस्पतालले तिर्नुपर्ने कर ,अहिले दिइरहेको स्वास्थ्य शुलभता जस्ता विषय नजरअन्दाज गरे आन्दोलनको चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता जनकराज पराजुलीले सरकारलाई हस्तान्तरण हुनुपूर्व नै व्यवसायिलाई बेच्ने सम्झौताले सरकारी जमिन कतै व्यक्तिको निजि सम्पत्तिमा परिणत गर्न खोजिएको त हैन भन्दै प्रश्न् गरेका छन् । उनले स्थानिय सरोकारवाल र सामाजिक अभियान्ताहरुलाई खवरदारी गर्न आव्हान समेत गरेका छन् ।

लायन्स अन्तराष्ट्रीय डिस्ट्रिक्ट ३२५ बी १ नेपालका को-चीफ एडभाएजर तथा पूर्व क्याबिनेट सेक्रेटेरी विनोद ढुंगानाले मणिपालले सरकारसंग गरेको सम्झौता सार्वजनिक गरि अहिलको खरिद विक्रीको यथार्थ स्पष्ट पार्न माग गरेका छन् ।

कमेन्टहरु
Loading...