पोखरा महानगरपालिका २७ रिठ्ठेपानी घर भएका युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
दुई दशकदेखी नेदरल्याण्डमा रहेर विभिन्न व्यबसाय सन्चालन गर्दै आएका गुरुङले वर्ष २०२१ २३ का लागि युवा समिति उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सन् २०१५–१७ मा नेदरल्याण्ड समितिको अध्यक्ष बनेका गुरुङ २०१७–१९ मा एनआरएनए आइसिसी सदस्य बनेका थिए ।
वर्तमान कार्यकालमा २०१९–२१ मा युवा समितीको संयोजक रहेका उनले विश्वभरका युवा एनआरएनए माझ लोकप्रिय छवि बनाएका छन् ।
संघका हरेक समिती, गतिविधि र अभियानहरूलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका गुरुङले घोषणापछि गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको प्रतिकृया दिए ।