लमजुङ । लमजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राईनास नगरपालिका वडा नं.–८ पाङ्गेफाँट बस्ने ५० बर्षिया कृष्ण कुमारी भुजेलको सोमबार करेण्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा काम गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको शब जिल्ला अस्पताल लमजुङमा पोष्टमार्टम गरी दाह सस्कारको लागी परिवारलाई जिम्मा दिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।