तालिबानले अफगानिस्तामा युद्ध सकिएको घोषणा गरेको छ । अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै आफूलाई विजयी भएको दाबी गर्दै साथै युद्ध सकिएको घोषणा गरेको हो ।
आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हामीले चाहेको प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’
विदेशी शक्तिहरूलाई अफगानिस्तानमा हस्तक्षेप नगर्न उनले चेतावनी दिएका छन् ।
तालिबान काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडेका छन् ।