पोखरा ।
प्रयोगात्मक र अनुसन्धनात्मक शिक्षामा जोड दिँदै हिलसाइड स्कुलले कक्षा ११ मा भर्ना खुलाएको छ । पोखरा ५ मालेपाटनमा रहेको उक्त स्कुलमा होटल व्यवस्थापन, मानविकी तथा व्यवस्थापन शंकायमा पढाई भइरहेको छ ।
खेल मैदान, लाइब्रेरीको उचित व्यवस्थापनका साथमा व्यवहारिक शिक्षालाई महत्व दिँदै शैक्षिक परामर्श दिने कार्य समेत हिलसाइड कलेजले गरिरहेको छ । स्वच्छ र शान्त वातावरणमा पढाई हुने भएकाले समयमै आफ्नो सिट सिमित गर्न स्कुलका प्लस टु संयोजक सन्तोष लामिछानेले बताए । राम्रो उच्च शिक्षा छान्न विद्यार्थी आफै र अभिभावकको सल्लाह लिनुपर्ने उनको भनाई छ । उनले भने– ‘पोखरामा कलेज त धेरै छ तर उच्चस्तरिय पढाई हुने ठाउँ रोज्न सक्नुपर्छ । अन्यथा विद्यार्थीको भविश्य नै अन्यौल बन्न सक्छ ।’
नयाँ शैक्षिक सत्रको सुरूवातिसंगै अभिभावकलाई आफ्ना बच्चाहरूको लागी विद्यालय कुन रोज्ने भन्ने अन्योलता हुने भएकाले कस्तो रोज्ने विषयमा विद्यार्थी र अभिभावक दुवै सचेत हुनु आवश्यक रहेको लामिछानेको भनाई छ ।
अध्यापनका लागि थप जानकारी ०६१–४१९५६० र रजिष्ट्रेशनका लागि https://hes.edu.np/ बाट गर्न सकिनेछ ।