गन्थन संवाददाता । अनेरास्ववियु तनहुँमा ६१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । माधव नेपाल समूह निकट उक्त जिल्ला कमिटीको नेतृत्व सुमन श्रेष्ठलाई दिइएको छ ।
कमिटी गठन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज प्रतापलाल श्रेष्ठले हालका प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिनु रहर नभएर बाध्यता भएको बताए । देशको गणतन्त्र जोगाउन र संविधानवाद कायम गर्न देउवालाई विश्वासको मत दिन वाध्य हुनुपरेको उनको भनाई थियो । उनले भने, ‘बिसौं हजार नेपाली जनताको शहादतको बलमा संविधान सभाबाट स्थापित गरिएको संविधानलाई पटक पटक कुल्चने काम भएकाले, पार्टीका विधिविधान लत्याएकाले यस्तो दिन आएको हो ।’
गठीत जिल्ला कमिटीको उपाध्यक्षमा किरण नेपाली, सचिवमा धिराज क्षेत्री, कोषाध्यक्षमा रुषी थापा, सहसचिवमा अञ्जली सुनार र मनिषा महत रहेका छन् । त्यस्तै सदस्यमा अमृता श्रेष्ठ, रञ्जन सुनार, सुजिना थापा, सोनम कुँवर, मञ्जु आले, सुस्मिता भट्टराई, सन्दिप ढकाल, प्रनिष सेन्चुरी, सुरेश महत, अपार ढकाल, आरुष बिक, प्रकाश नेपाली, अर्जुन पौडेललगाएत रहेका छन् ।